प्रशान्तलाई भादगाउँले टोपी, आज जावलाखेल नै उचाल्ने
नेपालमा कडा सुरक्षा, दार्जिलिङमा बबाल काठमाडौं । हालसालै सम्पन्न इन्डियन आइडल प्रशान्त तामाङले आज विहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटघाट गरेको खबर छ । भेटका क्रममा प्रधानमन्त्री कोइरालाले नेपालको शान बढाएको भन्दै प्रशान्तलाई भादगाउँले टोपी लगाइदिएर बधाइँ दिनु भएको थियो । यता, आजै प्रशान्तले जावलाखेलस्थित सेन्टजेभियर्स कलेजको प्राङगणमा आयोजित कर्न्र्सटमा आफ्नो कला पर््रदर्शन गर्दैछन् । हजारौंको मासले प्रशान्तको प्रतिभालाई सम्मान गर्दै आज जावलाखेल नै उचाल्ने भएका छन् । प्रशान्तलाई कडा सुरक्षा प्रदान गर्न सरकारको निर्देशनअनुसार एउटा सुरक्षा टोली नै खटाइएको छ । उता, भारतीय एक एफएम रेडियोमा इन्डियन आइडल प्रशान्त तामाङलाई अपशब्द प्रयोग गरेको भन्दै नेपाली समुदायले दार्जिलिङमा गरेको पर््रदर्शनमा शुक्रबार गैरनेपाली समुदायबीच झडप हुँदा एक सयभन्दा बढी घाइते भएका छन् । नेपालीभाषी र गैरनेपाली समुदायबीचको हिंसाले उग्ररुप लिएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफर््र्यु लगाएको छ भने सेना र अर्धसैनिक बल, बोर्डर सेक्युरिटी फोर्ससमेत परिचालन गरेको छ । दिल्ली एफएमका कार्यक्रम सञ्चालक नितीनकुमारले प्रशान्तलाई अपशब्द प्रयोग गरेको विरोधमा सिलगुढीमा मौन जुलुस निकालिरहेको अवस्थामा गैरनेपाली समुदायले आक्रमण गरेको बताइएको छ । जुलुस स्थानीय अधिकारीलाई ज्ञापनपत्र बुझाउन गइरहेका बेला स्थानीय अस्पतालमोडबाट झडप सुरु भएको थियो । आक्रोशित समूहले सडककिनारमा रोकी राखिएका दर्जनौँं गाडी तोडफोड गरिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज, अश्रुग्यास तथा गोलीसमेत प्रहार गरेको बुझिएको छ ।




















Visitors